Skip to content

नाईमा अटो सोमा लक्ष्मी ई–मोबिलिटीले इभिको नयाँ ब्राड ‘फोर्थिंग’ भित्र्याउने

काठमाडौं । नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (इभि) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिंग’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।

नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्णकदम मानिएको छ। फोर्थिंगको पहिलो मोडल नेपाली बजारमा श्रावन २१ देखि२५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्तातथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी (नाइमा–२०२५) मार्फत सार्वजनिक गरिनेछ।

लक्ष्मी ग्रुप सन् १९७३ देखिनेपालमा व्यापारिक गतिविधिगर्दैआएको बहुआयामी र पुरानो व्यापारिक घराना हो—देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ।

लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थितिविस्तार गर्दै हुन्डाई, बिएमडब्लू, काईयी, एसमेस, इएसयुएटयु जस्ता विश्वविख्यात ब्रान्डहरू मार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पाट्र्स वितरण गर्दैआएको छ। अब यसै यात्रामा फोर्थिंग पनि थपिन लागेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T