Skip to content

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट छाप्ने, ग्लोबल बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने भएको छ । नयाँ नोट छाप्नको लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र  (ग्लोबल टेन्डर) आह्वान गरेको हाे ।
राष्ट्र बैंकले  (४२० मिलियन) ४२ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमार्फत प्रकाशित बोलपत्रमा पूर्व–अर्हता प्राप्त अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण कम्पनीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
राष्ट्र बैंकले यो प्रक्रियालाई एक चरण दुई खाम प्रणाली अन्तर्गत अघि बढाएको छ। जसअनुसार बोलपत्रदाताहरूले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव अलग–अलग बन्द खाममा बुझाउनु पर्नेछ।
हाल देशमा ५० रुपैयाँ दरका नोटको माग उच्च रहेको र पुराना नोटहरू विस्थापन गर्न नयाँ नोट छपाइ प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जनाको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima