Skip to content

‘डिप बोरिङ जडान’को बारेमा बुझ्न जनकपुर पुगे प्राधिकरणका कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ‘डिप बोरिङ जडानको बारेमा बुझ्न जनकपुर पुगेका छन् । मधेस प्रदेशको जनकपुर पुगेर उनले ‘डिप बोरिङ जडान’को बारेमा बुझेका हुन् ।

डिप बोरिङ जडानको कारण त्यसले विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरु देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सुक्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सकेर नयाँ ट्रान्फर्मर चार्ज भैरहेको जानकारी दिए।

उनले त्यो ट्रान्फर्मर चार्ज भैसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुने र सकेकसम्म आजैबाट नियमित विद्युत आपूर्ति हुनेमा आशावादी रहेको जानकारी दिएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima