Skip to content

कुशेश्वर महादेव पुग्न यात्रुलाई सास्ती (फोटो फिचर)

काठमाडौं । सुनकोशी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दूहरुको प्रसिद्ध धार्मिक क्षेत्र कुशेश्वर महादेव मन्दिर दर्शन गर्न अहिले कठिनाइ भइरहेको छ।

गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले यहाँ रहेको ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ भएको हो।

हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए। कुशेश्वर मन्दिरकै पारीपट्टि सुनकोशीको किनारमा ऋषी बिश्वामित्रले तपस्या गरेको स्थान समेत रहेको छ। यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ।

पहिला रोशी खोलामा ह्युमपाइप राखेर गाडी लगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने ब्यवस्था मिलाइएको थियो। तर, गत वर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी तरेर जानुको बिकल्प छैन। सानो पानी पर्दा पनि रोशीको बहाब बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी कम आउन थालेका छन्।

गत वर्षको बाढीले सुनकोशी नदि माथी बनेको पक्की पुल समेत बगाको हुँदा अहिले यहाँबाट मध्य पहाडी राजमार्ग हुँदै रामेछाप जिल्लाको खाँडादेवी, दोरम्बा र शैलुङ्ग जाने सडक यातायात समेत बन्द भएको छ। पुल भत्काए संगै अहिले यहाँका बासिन्दाहरुलाई रामेछाप जान करिब १५ किलोमिटर तल मूलकोट बाट जानुपर्ने बाध्यता रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima