Skip to content

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ।

सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ वटा एटिएम सञ्चालनमा रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi