Skip to content

सेयर बजारमा दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४१.७८ अंक घटेर २८३३.५७ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ६.५१ अंक घटेको छ । यता फ्लोट इण्डेक्स २.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अंक घटेको छ।

यसैगरी, आज कारोबार रकम पनि घटेको छ । सोमबार करिब ११ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ । बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

मंगलबार दुई कम्पनीमा सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड २८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। यसैगरी, टावरको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima