Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) र गोकर्ण फरेष्ट रिसोर्ट काठमाडौंबीच एकसम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार बैंकका डेबिटरक्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोर्टमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको छ।

एनआइएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ। बैंकले हाल २ सय ७५ शाखा, २ सय ६४ एटिएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T