काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था गत आर्थिक वर्षको चौथो त्रैमासम्म ६ करोड ३८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा यस कम्पनी नाफा ५ करोड २९ लाख १६ हजार रुपैयाँ नोक्सानीमा थियो ।
गत आवमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.८३ प्रतिशत बढेर ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशतले बढेर ५ करोड ८८ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस अवधिमा यस कम्पनीको कुल सञ्चालन आम्दानी ५९.२२ प्रतिशत बढेर ४९ करोड ४३ लाख ७५ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तले ३ करोड ५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ । जसको कारण कम्पनी नाफामा गएको हो । हाल ७२ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ।
यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।












प्रतिक्रिया दिनुहोस्