काठमाडौं । सामलिङ्ग पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षमा यो कम्पनी ८८ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा थियो।
यस कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्ष कम्पनीले २२ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड १८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
गत आवसम्म कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ। गत आवमा कम्पनीको जगेडा कोष ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसा रहेको छ।
अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ ५३ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा बढेको हो । प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्ष यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.०५ रुपैयाँ रहेको थियो।












प्रतिक्रिया दिनुहोस्