Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयरसँग विशेष सम्झौता गरेको छ।

सो सम्झौताअन्तर्गत एनआइएमबी डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

यस विशेष छुट लिनका लागि ग्राहकहरूले एनआइएमबी डेबिटरक्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। सो सम्झौताअनुसार बैंकका ग्राहकहरूले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनेछन्।

त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउन सक्नेछन्। बैंकले ग्राहकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

यस किसिमका सहकार्यहरूले ग्राहकहरूलाई सहज र किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima