Skip to content

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क १८.८४ प्रतिशतले बढ्यो, नाफा कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रकाशित गरेको छ। सो इन्स्योरेन्सको विवरण अनुसार खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.८४ प्रतिशत बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १५.४३ प्रतिशत बढेको छ।

बीमाशुल्क र आम्दानीसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १७ रुपैयाँ ३७ पैसा बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४२ पैसा बढेर ६ रुपैयाँ ६८ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ११५.६८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७५ पैसा रहेको छ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi