Skip to content

हुन्डाई नेपालद्वारा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरको घोषणा

nabil
global ime

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधै झैं यस वर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर ‘दशैं–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ।

नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन हुन्डाईले ‘दशैं–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको छ।

सो अफरअन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसरसमेत पाउनेछन्। यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्।

प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ। हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ।

सो दशैं–तिहारमा, हुन्डाई नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको हुन्डाई शोरुममा पुगेर ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरको फाइदा लिन हार्दिक निमन्त्रणा गर्दछ। यो अफर भदौ २, २०८२ देखि सुरु हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T