Skip to content

खानीखोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला निष्कासन

काठमाडौं । आज मंगलबारदेखि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले  शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

यसअघि असार २७ गते बुकक्लोज गरिसकेको कम्पनीले असार २६ गतेसम्म कायम सेयरधनीहरुलाई १ बराबर १ अनुपातमा हकप्रद दिने निर्णय गरेको हो। यसअन्तर्गत कम्पनीले कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ।

यो हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकिएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले कुमारी बैंक र सिटिजन्स बैंकका विभिन्न शाखासहित आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेकोमा, हकप्रद निष्कासनपछि पुँजी दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण भुक्तानी, ब्याज खर्च घटाउने, वित्तीय स्थिति मजबुत पार्ने र इक्विटी बढाउने प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T