काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से सूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेको छ ।
साेमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ वटा उपसमूह नै बढेका छन् । सान्भि इनर्जीको सेयर मूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पियोर इनर्जीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने इष्टर्न हाइड्रोपावरको सेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ६.१४ प्रतिशत घटेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३१ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज हिमालयन डिष्टिलरीको करिब साढे २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम २० करोड नाघेको छ।
प्रतिक्रिया दिनुहोस्