Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा १३.७१ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रकाशित गरेको छ। सो इन्स्योरेन्सको विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जिन बीमाशुल्क ६.६० प्रतिशत बढेको छ भने कुल आम्दानी १२.०४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.१५ प्रतिशत र कुल खर्च ८.१२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ९२ पैसा घटेर ५ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा रहेको छ।

९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७० करोड २९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १४ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima