Skip to content

राष्ट्र बैंकले अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन: कार्यकारी निर्देशक पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र  भन्ने भ्रम फैलिएको टिप्पणी गरेका छन् । उनले नेपाल राष्ट्र बैंकले अटो क्षेत्रलाई अनुत्पादन क्षेत्रको रूपमा नमान्ने गरेको बताए हुन।
बिहीबार नाडा र नाफिजले आयोजना गरेको कर्जा नीतिमा स्थिरता: अटो मोबाइल बजारको दीर्घकालीन विकासको आधार नामक अन्तर्क्रिया कार्यक्रममा उनले उक्त कुरा बताएका हुन। ‘अटो क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक क्षेत्र मानेको छैन । अटो क्षेत्रमा कर्जा प्रवाह हाेस भनेर हायर प्रर्चेज कम्पनी लाइसेन्स दिएका छौँ।’ उनले भने ‘नेपाल राष्ट्र बैंकले अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको भए हायर पर्चेज कम्पनीको लाइसेन्स बाँड्ने काम नै गर्दैन थियो ।’
अटो व्यवसायको समग्र क्षेत्रमा सहज होस भनेर नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिएको उनले बताए । यसरी अटो क्षेत्रमा कर्जा लगानी गर्नको लागि विस्तारित भएको हाय पर्चेज कम्पनी नेपालमा १० वटा रहेको उनले बताए । सञ्चालनमा रहेको १० वटा संस्थाले बजारमा करिब २६ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । हाल नेपालमा २०० अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी अटो क्षेत्रमा नै भएको पौडेलले बताए ।
यसैगरी, उनले व्यक्तिगत सवारी कर्जाको तुलनामा पब्लिक सवारीको लोन टु भ्यालु रेसियो भने केही फरक गर्न सकिने बताएका छन् । हाल विद्युतीय सवारी कर्जामा लोन टु भ्यालु रेसियो ८० प्रतिशतलाई ६० प्रतिशत रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi