Skip to content

आज ५ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । पाँच म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले पनि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थिए।

त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। आजसम्म नेप्सेमा कारोबार भइ कायम एकाइधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima