Skip to content

डेटा सुरक्षित रहन्छ, नम्बर प्लेट असोज १ भित्र जडान नगरे जरिवाना लाग्दैन– विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा पछिल्लो समयमा आएका हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै असोज १ गतेभित्र नम्बर प्लेट जडान नगरे जरिवाना लाग्ने, डाटा असुरक्षित नहुने जस्ता विषयमा आएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ । विभागले इम्बोस्ड नम्बर प्लेट जडान सम्बेन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णय भएको जनाएको छ ।

‘मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड-जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फुर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेशन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ ।’

विभाग एवं प्रदेश कार्यालयहरुबाट जडानमा सहजताका लागि उक्त स्थानहरुमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरुको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको जनाएको छ ।

यस्तै इम्बोस्ड नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार सुनिश्चित गरिएको, सवारी साधनहरुको सम्पूर्ण विवरण तथा तथ्याङ्कहरु मुलुकभित्रै रहने गरी (यातायात व्यवस्था विभागको परिसरमा) डेटा सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएकाले गलत, भ्रामक तथा अफवाहको पछि नलाग समेत आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T