Skip to content

प्रभु बैंक ‘नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंक’ को अन्तर्राष्ट्रिय युरोमनी अवार्ड २०२५ बाट सम्मानित

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित  ‘युरो मनी एक्सचेन्ज अवार्ड २०२५’ अन्तर्गत ‘साना तथा मझौला उद्योगका लागि नेपालको उत्कृष्ट डिजिटल बैंक’को उपाधि हासिल गरेको छ। ७१ भन्दा बढी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा गर्दै प्रभु बैंकले डिजिटल बैंकिङ क्षेत्रमा विशेष गरी साना तथा मध्यम उद्यम ‘साना तथा मझौला उद्योगका लागि नेपालको उत्कृष्ट डिजिटल बैंक’ को लागि गरेको योगदानका आधारमा यो सम्मान पाएको हो।
यसअघि पनि प्रभु बैंकले सन् २०२३ मा ‘वेष्ट बैंक अफ दी इयर’ उपाधि जित्दै नेपालकै पहिलो बैंक बनेको थियो। साना तथा मध्यम उद्यमलाई वित्तीय पहुँचमा ल्याउन प्रभु बैंकले विकसित गरेको डिजिटल प्लेटफर्म, सहज ऋण सुविधा, भुक्तानी प्रणाली, व्यावसायिक सल्लाह तथा वित्तीय व्यवस्थापन सेवाहरूलाई उच्च मूल्यांकन गरिएको छ।
यस बैंकले एसएमईज क्षेत्रलाई लक्षित गर्दै निरन्तर डिजिटल नवप्रवर्तन, वित्तीय साक्षरता कार्यक्रम र ग्राहकमैत्री सेवा विस्तार गर्दै आएको छ। प्रभु बैंकका अनुसार आगामी दिनमा पनि एसएमईजलाई अझ प्रभावकारी डिजिटल सेवा, ग्राहक आवश्यकता अनुसार समाधान र वित्तीय समावेश सुदृढ गर्ने प्रतिबद्धता लिएको छ।
हाल बैंकले देशभर ३ सय १२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर र २ सय ५६ एटीएमलगायत सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima