Skip to content

प्रभु बैंकका ग्राहकलाई ल्यान्डमार्क होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ल्यान्डमार्क होटल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा होटलका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ र बिक्री तथा वितरण कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

ल्यान्डमार्क होटल तथा रिसोर्ट अन्तर्गत चितवन, पोखरा, काठमाडौं ,तनहुँ र भैरहवा लगायत शाखामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीले सेवा तथा सुविधा लिएबापत बिशेष छुट पाउने छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल तथा रिसोर्टको सेवा–सुविधा प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ।

ल्यान्डमार्क होटल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा दशदेखि १५ प्रतिशतसम्म छुट पाउन सकिने छ।

बैंकले नेपालभर ३१२ शाखा कार्यालय, २५६ एटिएम साथै ४८ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima