Skip to content

बीमा कम्पनीहरुलाई घरबाटै कार्यालय सञ्चालन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई घरबाटै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

जेनजी आन्दोलनका कारण प्राधिकरणले बीमा कम्पनीहरू तथा तिनका शाखा र उपशाखा कार्यालयहरूबाट सम्पादन हुँदै आईरहेको कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्राधिकरणले बीमा कम्पनीलाई आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्नुका साथै, कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्न समेत विशेष अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi