Skip to content

जेनजी आन्दोलनमा देशभर बैंकका ६० शाखा तोडफोड

काठमाडौं । जेनजीहरूको आन्दोलनको दोस्रो दिन मंगलबार देशभर भएको तोडफोड र आगजनीको घटनामा बैंकहरूको ६० वटा शाखामा क्षति पुगेको छ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने क्षतिको विवरण भने आउन बाँकी रहेको बताएका छन्।

‘हामीले अहिले क्षतिको विवरण लिन सकेका छैनौं,’ एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत शर्माले भने, ‘तर देशभर बैंकहरूको ६० वटा शाखामा क्षति भएको जानकारी पाएका छौंं।’

काठमाडौं बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखमा २४ गते राति तोडफोड आगजनी तथा नगद लुटपाट भएको थियो।

वित्त कम्पनीहरूमा आइसिएफसी फाइनान्सको बौद्धस्थित शाखामा समेत तोडफोड र लुटपाट भएको नेपाल वित्तीय संस्था संघका पूर्वअध्यक्ष सरोजकाजी तुलाधरले बताए।

क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi