Skip to content

साउनमा भित्रियो पौने २ खर्ब रेमिटेन्स, गत वर्षभन्दा २९.९ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चालु वर्षको पहिलो महिनामा पौने २ खर्ब भन्दा धेरै रेमिटेन्स भित्रिएको हो।

चालु आवको साउनमा १७७ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २९.९ प्रतिशत धेरै हो।

गत आवको साउनमा १३६ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। गत आवमा रेमिटेन्स वृद्धि दर १७.७ प्रतिशत थियो। साउनमा अन्तिम र पुनः श्रम स्वीकृति लिएर ६८ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर साउनमा साढे ५७ हजार थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima