Skip to content

बैंकहरूले १ महिनामा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ, गत आवको भन्दा साढे ८ प्रतिशत घट्यो

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । बैंकको नाफा गत आवको साउन महिनाको तुलनामा ८.६४ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा २० वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।

तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने बैंक नेपाल बैंक रहेको छ। अघिल्लो वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा ११ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ९ वटाको बढेको छ। चालु वर्षको साउनमा ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा कमाए गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा १२.०९ प्रतिशतले कम हो। गत वर्ष साउनमा बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा पनि १०.८३ प्रतिशतले घटेको छ।

उच्च नाफा आर्जनको हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ९.८१ प्रतिशतले बढेर ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। चालु वर्षको साउनमा नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा १४६.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ। यो बैंकले ३७ लाख ५० हजार रुपैयाँमात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष साउनमा बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ९९.४७ प्रतिशतले घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi