Skip to content

जेनजी आन्दोलनले २३ अर्ब ३९ करोडको बीमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २३ अर्ब ३९ करोड २७ लाख १० हजार रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्म १८ वटा कम्पनीमा २ हजार ९८८ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार २ हजार ९८८ वटा बीमा बापत २३ अर्ब ३९ करोड २७ लाख १० हजार रुपैयाँको बीमा दाबी परेको हो ।

सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३०७ वटा बीमा बापत ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बीमा दाबी परेको छ । यस्तै दि ओरियन्टल इन्स्योरेन्समा ८६ वटा बीमा बापत ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ बीमा दाबी परेको हो ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १९६ वटा बीमा बापत २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा ३९७ वटा बीमा बापत २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ बीमा दाबी परेको छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ वटा बीमा बापत १ अर्ब ५७ करोड ५९ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ वटा बीमा बापत १ अर्ब २३ करोड ७८ लाख, नेको इन्स्योरेन्समा २२९ वटा बीमा बापत १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ३७५ वटा बीमा बापत ९० करोड ६८ लाख रुपैयाँको बीमा दाबी परेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्समा १५२ वटा बीमा बापत ८४ करोड ४४ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा २०५ वटा बीमा बापत ५३ करोड २० लाख, नेपाल इन्स्योरेन्समा कम्पनीमा ९२ वटा बीमा बापत ४८ करोड २ लाख, एनएलजी इन्स्योरेन्समा १९० वटा बीमा बापत ५१ करोड, प्रभु इन्स्योरेन्समा १०९ वटा बीमा बापत २० करोड ४९ लाख रुपैयाँको दाबी परेको छ ।

प्राधिकरणका अनुसार नेशनल इन्स्योरेन्समा २२ वटा बीमा बापत ६ करोड ८९ लाख, प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्समा १० वटा बीमा बापत १ करोड १५ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ९ वटा बीमा बापत ७२ लाख, ट्रष्ट माइक्रोमा ९ वटा बीमा बापत ४४ लाख र नेपाल माक्रोमा १७ वटा बीमा बापत ४१ लाख रुपैयाँको दाबी परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi