Skip to content

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका सञ्चालक शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । बुधबार ललितपुर महानगरपालिका सानेपाबाट पक्राउ गरी शर्मालाई नख्खु कारागार कार्यालयमा बुझाइएको हो।

उनलाई सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षका लागि कारागार राखिएको थियो । असाेज ४ गते आन्दोलनको क्रममा फरार भएका शर्मालाई प्रहरी टोलीले पक्राउ गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima