Skip to content

कामना विकास बैंकले मेची आँखा अस्पताललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गर्यो

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा, बिर्तामोड स्थित मेची आँखा अस्पताललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेसन सहयोग गरेको छ । बैंकले अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण सम्पन्न गरेको हो ।

बैंकका कोसी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरेका छन् ।

बैंकको यस सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने तर विशेष गरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरूका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima