Skip to content

जेनजी आन्दोलनः प्राधिकरणद्वारा पुनर्बीमा, निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीलाई तीनबुँदे निर्देशन जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमक, निर्जीवन तथा लघु निर्जीवन बीमकहरुलाई तीन बुँदे निर्देशन दिएको छ ।

प्राधिकरणले क्षतिग्रस्त सम्पतिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

क्षतिको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनको आधारमा बीमा वापत अनुमानित दायित्वको बढीमा ५० प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्ने निर्देशन दिएको छ ।

प्राधिकरणले बीमकले बीमितलाई दाबी भुक्तानी गर्नका लागि सम्बन्धित पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा अनुमानित पुनर्बीमा दायित्वको बढीमा पचास प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्बन्धी असोज ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनका लागि उक्त निर्देशन जारी गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T