Skip to content

देशका अधिकांश स्थानमा पानी अत्याधिक पर्ने,राजमार्ग अवरुद्ध हुने सम्भावना

देशभर आज भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण हाल मनसुनी वायुको सक्रिय प्रभाव देखिएको महाशाखाले जनाएको हो।

आज दिउँसो देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक भारी वर्षा हुने सम्भावना पनि रहेको चेतावनी दिइएको छ।

वर्षाका कारण नदी–नाला तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन, अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima