Skip to content

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा २० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट दिने भएको छ। चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै लाजिम्पाटस्थित र्‍याडिसन होटलसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट दिने सम्झौता भएको हो।

उक्त सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले सो होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गरिने सेवामा अधिकतम २० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

जसमध्ये फिटनेस सेन्टरमा र खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, लाउञ्ज सेवा, पेस्ट्री खरिद र ट्यानक्वीलिटी स्पा सेवा १५ प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima