Skip to content

कामना सेवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंकको १९ औं वार्षिक साधारणसभा शुक्रबार नक्साल, काठमाडौंमा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभावाट १० प्रतिशत वोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांस (कर समेत) गरी कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आव२०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरी सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

उक्त साधारणसभाले आव २०८२/८३ को लेखापरीक्षण नियुक्ति गर्नका लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एनबीएसएम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभांश वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime