काठमाडौं । क्यासिनोलाई विदेशी मुद्राको कारोबार गर्न नेपाल राष्ट्र बैंकको इजाजत अनिवार्य गरिएको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थालाई अनुसार राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।












प्रतिक्रिया दिनुहोस्