Skip to content

वाणिज्य बैंकमा स्तरोन्नति हुन लागेको मुक्तिनाथ मर्जर, प्राप्तिका लागि पार्टनर खोज्दै

काठमाडौं । वाणिज्य बैंकमा स्तरोन्नति हुन लागेको मुक्तिनाथ विकास बैंक मर्जर तथा प्राप्तिमा जाने तयारीमा जुटेको छ । बैंकले कात्तिक १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति तथा समाहित प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने प्रस्ताव लैजाने भएको छ ।

सभामा मर्जर तथा प्राप्तिमा जान सहमतिपत्रमा हस्ताक्षर गर्ने, त्यसको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा मर्जरसंग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा लैजाने छ । सभाले यो प्रस्ताव पारित गरेपछि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्यिारी प्रत्यायोजन गरिने जनाइएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कात्तिक १५ गतेको सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । उक्त साधारण सभाले पारित भए बमोजिम पुँजी वृद्धि पश्चात, राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव सभामा लैजाने भएको छ ।

सभामा विकास बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट परिमार्जन, संशोधन तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima