Skip to content

विदेशी विनिमय संचिति २८ खर्ब ८१ अर्ब, १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

काठमाडौं । भदौ मसान्तसम्म नेपालमा विदेशी विनियम संचिती २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २० अर्ब ४१ करोड डलर पुगेको छ ।

असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति भदौसम्म ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको हो । यस्तै डलर तर्फ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको थियो । दुई महिनामा ४.७ प्रतिशतले बढेर २० अर्ब ४१ करोड डलर पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा भदौ मसान्तमा ६.९ प्रतिशतले बढेर २५ अर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा भदौ मसान्तमा १३.७ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi