Skip to content

सुम्निमा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल

काठमाडौं । माछापुच्छ्रे क्यापिटल  तथा सुम्निमा हाइड्रोपावर कम्पनी बिच सुम्निमा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न  मिति कात्तिक २ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सुम्निमा हाइड्रोपावरले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटललाई संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो । सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्कासनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनीको तर्फबाट अध्यक्ष आशिष् सुवेदीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
हाइड्रोपावरले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मेवा क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आइरहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T