Skip to content

हिमालयन बैंकको मोबाइल बैंकिङ लगायतका सबै सेवा आजबाट सञ्चालनमा आउने

काठमाडौं । हिमालयन बैंकको कात्तिक ३ गतेदेखि बन्द रहेको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा आज साँझबाट सञ्चालनमा आउने प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बताए ।

राणाले भने, ‘हामीले स्तरोन्नती गरिरहेको सफट्वेयरले ब्राउजरसँग तादम्यता मिलाउन नसकेको कारण समस्या भएको थियो आज साँझबाट भने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चल्छ।’

यसअघि बैंकले १० गतेसम्म विभिन्न सेवा बन्द हुने भएपनि एटिएम, पस मेसिन, क्युआरमार्फत भुक्तानी, इकर्मश सेवा चल्ने उल्लेख गरेको थियो। बैंकले दैनिक काममा प्रयोग हुने मुख्य सफ्टवेयर परिर्वतन गरिरहेको हो।

मुख्य सफ्टवेयर परिर्वतन गरिएपछि बैंकको विद्युतीय भुक्तानी माध्यमदेखि अन्य काम कारबाही अहिलेभन्दा द्रुत स्तरमा हुने समेत बैंकले उल्लेख गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima