Skip to content

लुम्बिनी विकास बैंकले बढायाे सीईओको तलब, सञ्चालकलाई राष्ट्र बैंकले गर्यो कारबाही 

काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा यस बैंकले छोटो समयमा नै सीईओको तलब बढाएको भन्दै सञ्चालनलाई सचेत गराएको हो ।
 स्थलगत निरीक्षणमा लुम्बिनी विकास बैंक सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गरेको केही समय सेवा सुविधा वृद्धि गरेको पाएपछि केन्द्रीय बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको छ ।
‘यस बैंकले गरेको स्थलगत निरीक्षण पश्चात् तयार गरेको प्रतिवेदनमा संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गर्दाको मितिमा उल्लेख गरिएको सेवा सुविधा छोटो समयपश्चात् नै वृद्धि गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ७ मा भएको व्यवस्था उल्लङ्घन गरेको पाइएकाले संस्थाको तत्कालीन सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (क) बमोजिम सचेत गराइएको ।’ राष्ट्र बैंकले गरेको कारबाहीमा भनिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima