Skip to content

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश प्रस्ताव, साधारण सभा कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे २०औँ वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले उक्त साधारणसभामा चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक काम गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने र गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्नेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि यस बैंकले कात्तिक २३ गतेदेखि मंसिर ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi