Skip to content

सामसङ ग्यालेक्सी एम–१७ फाइभजी स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

काठमाडौं । सामसङ नेपालले एम–सिरिज अन्तर्गत ग्यालेक्सी एम–१७ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ। सो कम्पनीले यो फोनलाई नयाँ प्रविधि, बलियो प्रदर्शन र आकर्षक रूपरचनासहित सार्वजनिक गरेको हो।

यस स्मार्टफोनमा पहिलोपटक क्यामरा हल्लिन नदिने प्रविधि (अप्टिकल इमेज स्टेबलाइजेसन) प्रयोग गरिएको छ, जसका कारण चलायमान अवस्थामा समेत स्थिर र स्पष्ट तस्बिर लिन सकिने कम्पनीले जनाएको छ।

‘ग्यालेक्सी एम–१७ फाइभजी मार्फत हामीले प्रविधि र प्रिमियम क्यामरा सुविधा नेपाली प्रयोगकर्तासम्म पुर्‍याएका छौं। यो नयाँ फोन साहसी, सिर्जनात्मक र सधैं गतिशील प्रयोगकर्ताका लागि उपयुक्त छ,’ सामसङ नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित भने।

फोनमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलिड डिस्प्ले जडान गरिएको छ। ग्राहकले यो फोन ४ जिबी/१२८ जिबी र ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउने छन्। फोनको मूल्य क्रमशः २५ हजार ९ सय ९९ र २७ हजार ९ सय ९९ राखिएको छ।

सामसङले एचएफएलसँग सहकार्य गर्दै इन्स्टा फाइनान्स योजना पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकले अग्रिम रकम बिना सजिलो किस्तामा फोन खरिद गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi