Skip to content

नेपाल बैंकको सामान्य घट्यो नाफा, अन्य सूचक कस्ता छन् ?

nabil bank

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यसैगरी, खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेर २४ करोड १४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको तीन महिनासम्म आउँदा बैंकको कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशतले घटेर २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने र सञ्चालन मुनाफा ३२.८१ प्रतिशत बढेर ९१ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। चालु आवको पहिलो त्रैमाससम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । चालु आवको पहिलो तीन महिनामा बैंकको यस्तो आम्दानी ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ।

हाल कुल १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi