Skip to content

अहिले लगानी गर्ने उपयुक्त समय, ब्याजदर सस्तो :गभर्नर पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले हालको अवस्था लगानीका लागि अनुकूल रहेको बताएका छन्। उनले अहिले ब्याजदर सस्तो रहेको बताउँदै निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस कार्यक्रममा उनले राष्ट्र बैंकमा हाल करिब ८ सय अर्ब रुपैयाँ ‘पार्क’ भएको छ, जसले लगानीका अवसरहरू बढाएको संकेत गर्छ। “यो समय लगानी गर्ने समय हो, ब्याजदर सस्तो छ,” उनले भने, “सकारात्मक सोचका साथ काम गर्न सके अर्थतन्त्र माथि जानेछ।”

उनले सरकार र राष्ट्र बैंक दुवैको चाहना अर्थतन्त्रको स्थायित्व र वृद्धितर्फ रहेको स्पष्ट पारे। त्यस क्रममा पौडेलले निजी क्षेत्रलाई खर्च बढाउन पनि स्मरण गराउँदै भने, “सबै क्षेत्रले आ–आफ्नो क्षेत्रमा दौडिए अर्थतन्त्रमा सुधार आउनेछ।”

गभर्नर पौडेलले पछिल्लो समयमा नेपाल कालोसूचीमा पर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार हाल देशभर १८ लाख हाराहारीका ऋणीमध्ये करिब १ लाख जना कालोसूचीमा परेका छन्, जसमा करिब ८० प्रतिशत चेक बाउन्सका कारण सूचीकृत भएका हुन्।

उनले कालोसूचीमा पर्ने क्रम बढेका कारण निजी क्षेत्रको मनोबलमा असर पर्न सक्ने सम्भावना औंल्याए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi