Skip to content

राष्ट्र बैंकले गर्यो दुई वाणिज्य बैंकलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंक र कुमारी बैैंकलाई सचेत गराएको छ ।

राष्ट्र बैंकका अनुसार कुमारी बैंकलले प्राइम बैंक निरीक्षणका क्रममा बैंकले केन्द्रीय बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ कोे बुँदा १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाएको छ ।

केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइए पछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको जनाएको छ ।

यस्तै कुृमारी बैंकलाई पनि राष्ट्र बैैंकले सचेत गराएको छ । राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १२-०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) मा उल्लेखित व्यवस्था ‘कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन ।’ को अनुपालना नगरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम सचेत गराइएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi