Skip to content

बागमती प्रदेशको घरजग्गा कारोबारमा गिरावट, रजिष्ट्रेशन सङ्ख्या २५ प्रतिशत घट्यो

nabil bank

काठमाडौं । गत आर्थिक वर्षमा बागमती प्रदेशको घरजग्गा कारोबारमा गिरावट आएको छ। अर्थतन्त्रमा आएको मन्दीको यस प्रदेशको रियलस्टेट बजार सुस्त बन्दै गएको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशको घरजग्गा रजिष्ट्रेशन सङ्ख्या २५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा ९८ हजार ६४८ वटा घरजग्गा रजिष्ट्रेशन भएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या १ लाख ३१ हजार ४५१ थियो ।

गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशनबापतको राजस्व २३.६ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको पनि यस्तो राजस्व २६.२३ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा घर÷भवन नक्सापास सङ्ख्या १.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi