Skip to content

आइएमईको २५ औं वार्षिक साधारणसभा सम्पन्न, आइएमई सर्वाधिक लोकप्रिय ब्रान्डमा रहन सफल

काठमाडौँ । आइएमई लिमिटेडले मंगलबार २५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।

उक्त सभामा अध्यक्ष ढकालले रेमिटेन्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

अध्यक्ष ढकालले २५ औँ वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एवं रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिटेन्स सेवाको थप विस्तार तथा विविधीकरण गर्दै आइएमईलाइ कम्पिलिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले २५ औं वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताए।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताए। प्रमुख कार्यकारी दिवाकर पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउन सफल रहने विश्वास पनि व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi