Skip to content

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब ६२ करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजारमा सामान्य सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेन ।

बजार मापन गर्ने सूचक ३.२१ अंकले बढेर परिसूचक २५६५.१६ बिन्दु कायम भएको छ । ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा वाणिज्य बैंक, जलविद्युत कम्पनी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा र ट्रेडिङ समूहको उपसूचक बढेको छ । बाँकी समूहको उपसूचक भने घटेको छ ।

कारोबारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi