Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता छन्? 

nabil bank
काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  ।  विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको हो।
चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा इन्स्योरेन्सले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १८.७४ प्रतिशत बढेर २ अर्ब ९१ करोड ९५ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस कम्पनीको बीमाशुल्क आर्जन २ अर्ब ४५ करोड ८७ लाख २२ हजार रुपैयाँ थियो । यसैगरी, यस कम्पनीको कुल आम्दानी १२.२८ प्रतिशत बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो त्रैमाससम्म आउँदा यस इन्स्योरेन्स कम्पनीको कुल दाबी भुक्तानी १४.८२ प्रतिशत बढेको छ । यस अवधिसम्म कम्पनीले ३ अर्ब २६ करोड ९५ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा यस कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  यस कम्पनीको कुल खर्च १२.१७ प्रतिशत बढेर ३ अर्ब ७६ लाख ९९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीको यस्तो खर्च ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
यस कम्पनी नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १ पैसा बढेर १० रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi