Skip to content

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले ४२‍.१०५ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले बोनस सेयर ४० प्रतिशत र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पुस ४ गते बस्ने बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सभामा विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने उद्देश्यले कम्तीमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीका रुपमा कोष व्यवस्थापक कम्पनी स्थापना गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव रहेको छ ।

यस्तै गत बर्षको साधारण सभाबाट स्वीकृत हकप्रद शेयर सम्बन्धी निर्णय अनुसार हाल सम्म हकप्रद शेयर जारी भई नसकेकोले उक्त प्रस्ताबलाई परिमार्जन गर्दै विशेष प्रस्ताव नं (१) बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (१:१) हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागी संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima