Skip to content

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार मापक नेप्से सूचक बुधबार २०.५६ अंकले घटेर २५४४.५९ बिन्दुमा पुगेको हो । आज सेन्सेटिभ इण्डेक्स ३.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटको छ।

नेप्से घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो।

यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। आज सो कम्पनीको ४० करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज राधी विद्युत कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi