Skip to content

एसेम्बल उद्योगमा प्राधिकरणको नयाँ ‘बखेडा’, उद्योगमा कुलमानको नीतिले उद्योगी आतंकित

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएको विद्युत प्राधिकरणले सोही अनुरुपमा एसेम्बल उद्योगमा पनि पैसा उठाउने तयारी थालेको छ ।

प्राधिकरणले गत साता एसेम्बल उद्योगलाई पत्र पठाउँदै बाँकी बक्यौता तिर्न भनेको छ । विद्युत प्राधिकरणको परासी वितरण केन्द्रले पैसा तिर्न भन्दै पत्र काटेको हो ।

केन्द्रले पठाएको पत्रमा पार्टस् एसेम्बल गर्नेलाई उद्योग सरहको महशुल सहुलियत दिन नसक्ने दाबी छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन जस्तै गरी सबै एसेम्बल उद्योगलाई स्थापना भएको समयदेखिको पैसा मागेको हो ।

प्राधिकरणको उक्त पत्र अनुसार अब उद्योग स्थापना भएदेखि औद्योगिक ग्राहकका रुपमा पाएको सुविधा बापतको थप रकम तिर्नुपर्ने भएको छ ।

प्राधिकरणले अहिले केही उद्योगमा पत्र पठाएको र केहीमा पठाउने क्रममा रहेको बताइएको छ । यी कम्पनीका प्रतिनिधिले पनि प्राधिकरणको पत्र पाएको स्वीकारेका छन् ।

‘केही दिन अघि पत्र हात पर्यो । पत्र देखेर हामी चकित परेका छौ । प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाएपछि अब सबै उद्योगमा पैसा उठाउन सकिने रहेछ भनेर पत्र पठाएको हो की जस्तो छ’ पत्र लिएका एक उद्योगका प्रतिनिधिले भने ‘ठूलो लगानीमा उद्योेग खुलेको हुन्छ । हजारौलाई रोजगारी दिइएको छ । तै पनि प्राधिकरणले सेवामुलक उद्योग सरह ठानेर पत्र पठाएको छ । अब यस्तै हो भने कसरी लगानी गर्ने, अन्य उद्योग के भनेर लगानी गर्न आँउछन् ।’

यसरी उद्योगीलाई अनावश्यक तनाब दिने, पुरानो बिल अहिले पठाउँदै जाने हो भने म्यादी सरकारले उद्योग, कलकारखाना चलाउन नदिने जस्तो देखिएको ति प्रतिनिधिको भनाइ छ ।

जेनजी आन्दोलनका कारण उद्योगी व्यवसायी त्रसित भएको, नयाँ लगानी भित्रने अवस्था कम भएको समयमा भएको उद्योगीलाई पनि यो सरकारले थप आतंकित बनाउन लागेको एसेम्बल उद्योगीको भनाइ छ । प्राधिकरणले पठाएको पत्रमा तत्काल पुनबिचार गर्नुपर्ने ति उद्योगीको भनाइ छ ।

‘हामीले सामान आयात गरेको भएपनि नेपालमा नै उद्योग खोलेका छौ’ ति उद्योगीले भने ‘हामीले लगानी गरेका छौ, रोजगारी दिएका छौ । नेपाली पैसा बाहिर जान कम गरेका छौ । यो अवस्थामा सरकार विषेशगरी अहिलेका ऊर्जा मन्त्रीले नेतृत्व गरेको प्राधिकरणबाट यस्तो पत्र आउनु सामान्य विषय होइन । यो सरकारको पालामा देशका झनै औद्योगिक वातावरण बिग्रयो ।’

यता प्राधिकरणका प्रवक्ता राजन ढकालले यो विषयमा आफु जानकार नभएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi