Skip to content

नेपाल लाइफ इन्स्योरेन्सको नाफा करिब ५ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्म आउँदा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले २० करोड ५४ लाख नाफा कमाएको थियो । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आवमा ४.९४ प्रतिशतले वृद्धि भएको हो।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार पनि २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँबाट १७।७८ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्म आउँदा कम्पनीको खुद बीमाशुल्क आर्जन ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँबाट १३.१८ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

यस अवधिसम्म आउँदा कम्पनीको कुल आम्दानी १७ अर्ब ९७ करोड ७० लाख रुपैयाँबाट बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ पुग्दा कम्पनीको कुल खर्च पनि १६ अर्ब ५७ करोड ४ लाख रुपैयाँबाट बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ नाघेको छ।

कम्पनीले गत वर्ष अभिकर्तालाई ८७ करोड १२ लाख रुपैयाँ कमिशन दिएकोमा यस वर्ष १०.२४ प्रतिशतले बढाएर ९६ करोड ४ लाख रुपैयाँ अभिकर्ता कमिशन दिएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १०.०१ रुपैयाँबाट घटेर ९.५५ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ १३८.१४ रुपैयाँ रहेका छ।

चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi